बागमती। मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक प्रहरीसहित दुई जना घाइते भएका छन्।प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले गएराति बञ्चरो प्रहार गर्दा उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्। घाइते प्रहरी सहायक निरीक्षक तामाङ र सनिस दुवैको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ADVERTISEMENT