काठमाडौं। सुर्खेतमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै दलित युवाहरूले आज माइतीघर मण्डला

देखि सुर्खेत लगायत देशै भरि प्रदर्शन गरेका छन्।

ADVERTISEMENT

प्रदर्शनमा सहभागीहरूले ‘जस्टिस फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’, ‘वि वान्ट जस्टिस’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका प्लेकार्ड बोकेर न्यायको माग गरेका थिए।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।

ADVERTISEMENT

प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषामाथि बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।