काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा समसामयिक राजनीतिक अवस्था र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको बताइएको छ ।
बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । यस्तै, गृहमन्त्रालयले पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।






