काठमाडौं । निर्वाचनको मौन अवधि सुरु भएकै दिन मंगलबार नैकाप र सुकेधारामा दुईवटा गाडीमा आगजनी गरिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुईवटा सवारीसाधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए ।
सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ। उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ।
दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ। उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। शान्ति सुरक्षामा खलल पुग्ने भएकाले उनलाई हिरासतमा राखेर मुद्दा चलाउने प्रहरीको तयारी छ । सरकारले प्रसाई समूहलाई शान्ति व्यवस्था खलल गर्नसक्ने शत्रु मानेको छ ।





