काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले विभिन्न कार्यक्रम गरी ३९औं बार्षिकोत्सव समारोह मनाएको छ ।
काठमाडौस्थित होटल ह्यात सेन्ट्रिकमा सम्पन्न समारोहको कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंंहले उद्घाटन गरेकी थिइन् । उनले कम्पनीलाई अग्रस्थानमा पु¥याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति आभार व्यक्त गरिन् ।
सिंहले सेवाग्राहीहरुलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यअनुरुप कर्मचारीहरुलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरुलाई आर्टिफिसियल इण्टिलिजेन्ससम्वन्धि विस्तृत तालिम प्रदान गरिएको बताइन् । साथै, उनले यस प्रकारका तालिमलाई निरन्तरता दिइने पनि बताइन् ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमितलगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे । सिंहले नियामक निकायलगायत अन्य सम्वन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरणसहित रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए ।
सिंहले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानसिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगितणअन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरु आयोजना गरिएको बताए ।
मनोरञ्जानात्मक प्रस्तुतिसहित भव्य रुपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।






