ललितपुर। नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् । यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १, गोदामचौरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो। गोदामचौरवासीले नेता राणालाई टीका र माला लगाएर भव्य स्वागत गरेका थिए।


ललितपुर–१ मा केन्द्रीय स्तरकै प्रभावशाली तथा ‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिएका राणाको पक्षमा यतिबेला जनलहर बढ्दो देखिएको छ। अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएका राणालाई स्थानीयहरूले भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षधर नेताका रूपमा चित्रण गर्ने गरेका छन्। स्वच्छ छवि, नीतिगत स्पष्टता र सेवामूलक राजनीतिको प्रतीक मानिने उहाँको उम्मेदवारीले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा शान्तिको क्षेत्रमा ठोस परिवर्तन आउने विश्वास मतदातामा बढेको छ।
राजनीतिक रूपमा पनि यस क्षेत्रमा नेपाली कांग्रेसको पकड बलियो रहेको छ। यस क्षेत्रका ३० मध्ये २२ वटा वडा कांग्रेसले जितेको छ भने चारवटै स्थानीय तहमा पनि कांग्रेसकै प्रभाव कायम रहेको छ। बलियो संगठन, राणाको व्यक्तिगत छवि तथा विकासप्रेमी कार्यशैलीका कारण यसपटक उहाँको जित सुनिश्चित रहेको स्थानीयहरू बताउँछन्।

ADVERTISEMENT


आफ्नो क्षेत्रको प्रतिनिधित्व केन्द्रमा सशक्त ढंगले गर्न सक्ने तथा सुशासन कायम गर्न सक्ने क्षमता भएकै कारण युवादेखि वृद्धवृद्धासम्मले राणालाई आगामी नेतृत्वका रूपमा स्वीकार गरेका छन् ।

ADVERTISEMENT