काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ।कम्पनीको गत माघ २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले सो कार्यका लागि एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
सभाले कम्पनीको सञ्चालक समितिको सिफारिसमा उक्त फर्मलाई आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न नियुक्त गरेको हो। यससँगै लेखापरीक्षकको पारिश्रमिक निर्धारणसमेत स्वीकृत गरिएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण (सन्तुलन पत्र, नाफा-नोक्सान खाता तथा नगद प्रवाह विवरण) पारित गरेको थियो। साथै, स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपाललाई सर्वसम्मतिले नियुक्ति गरेको थियो।








