काठमाडौँ । प्रहरीले तीन किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट १२ लाखको चाँदीसहित आसु साब पक्राउ परेका हुन् ।
वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शंका लागेर चेकजाँच गर्दा पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोलामा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुंगा प्रहरी प्रभागले जनाएको छ ।
चाँदीसहित साबलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।






