काठमाडौं । नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपातसमेत भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ ।

ADVERTISEMENT