काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिएको छ।

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिजाललाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। गौतमको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत भइसकेको छ।

ADVERTISEMENT

यसअघि युनाइटेड अजोड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको पद विगत पाँच महिनादेखि रिक्त रहेको थियो। कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएपछि उक्त पद खाली थियो। कम्पनी स्रोतका अनुसार रिजाललाई यही साता औपचारिक रूपमा डीसीईओ पदमा नियुक्त गर्ने तयारी गरिएको थियो।

बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत रेना रिजाललाई एक अनुभवी, सक्षम तथा कुशल व्यवस्थापकका रूपमा लिइन्छ। उनले २०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा अफिसरका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछिकुमारी बैंकमा आवद्ध भइन् । उनी कुमारी बैंकमा सहायक प्रवन्धक पदमा आवद्ध भएकी थिइन् ।११ वर्ष काम गरेरपछि उनी कुमारी बैंकबाट बाहिरिइन् । कोभिडको समय भएकाले केही समय उनले विश्राम लिइन् । करिब ४ वर्ष अघि उनी फेरि बीमा क्षेत्रमा नै कमब्याक भइन् । करिब ४ वर्षअघि तत्कालीन सानिमा इन्स्योरेन्समा उप महाप्रवन्धक पदमा आवद्ध भएकी रेना सानिमा र जीआईसी मर्ज भएपछि बनेको कम्पनी सानिमा जीआईसीमा पनि उनी सोही पदमा थिइन् ।

ADVERTISEMENT