पोखरा । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरिएको कार्यअन्तर्गत पुलबाहेक कुल ३८ किमी खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भएसकेको छ । ३३.२ किमी खण्डमा दुईतर्फी कालोपत्रे (चार लेन), ४.८ किमी खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन) ५१।३ किमि (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्विस लेन कालोपत्रे ५ किमि, १२ वटा पुलमध्ये ११ वटा सम्पन्न भएको छ । १०५ वटा कल्भर्टमध्ये १०५ वटा नै सम्पन्न भइसकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए ।

यो परियोजना २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ ।

यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड रुपैयाँ रहेको छ। मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ ।

तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ । दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ ।

Costruction workers working at Budibazar to Prithibi chock road section , Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

तस्बिर : नेपाल फोटो लाइब्रेरी