काठमाडौं । दी ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई २० लाख रुपैयाँ सहयोग गरेको हो ।

२० लाख रुपैयाँ बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्जय जोशीले बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।

ADVERTISEMENT

कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएको मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

ADVERTISEMENT