काठमाडौं । पछिल्लो केही दिनदेखि नेपाल स्टक एकसचेञ्ज (नेप्से) काे काराेबार र परिसूचकमा लगातार गिरावट आएको छ । राजनीतिक अस्थिरता र आगामी चुनावको कारण लगानीकर्ताको मनोबल कमजोर भएको हो ।
साताकाे पाँच कारोबार दिनमध्ये चार दिन सेयर बजार राताम्मै रह्यो भने एक दिन मात्रै बजारले हरियो संकेत देखायो। अघिल्लो साता चारै दिन नै बजार गिरावट आएकाे थियो ।
यो साता सेयर बजार २३.०८ अंकले घटेकाे छ । साताभर ४ करोड ७ लाख ९९ हजार ९ सय ६९ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७७ करोड ५ लाख ८४ हजार ९ सय ५५ रुपैयाँ बराबरको करोबार भएको छ ।
यस्तो छ साताको सेयर बजार
साताको पहिलो कारोबार दिन अर्थात मंसिर २१ गते आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४८ अंक घटेर २६०९.६९ बिन्दुमा पुगेर बन्द भएको थियो ।
आइतबार दिन १३ वटै उपसमूहको परिसूचक घटेको थियो । सो दिन ३ सय २५ कम्पनीको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड ७ लाख १८ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने बुंगल हाइड्रोको सेयरमूल्य ८.५१ प्रतिशत घटेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात मंसिर २२ गते सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा पुगेर बन्द भएको थियो ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको थियो भने आठ उपसमूहको परिसूचक घटेको थियो । सोमबार ३ सय ३१ कम्पनीको चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।
सोमबार चार कम्पनी अप्पर सांग हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको सेयर सकारात्मक सर्किट लागेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात मंसिर २३ गते सेयर बजार ७।३९ अंकले बढेर २६१४।०७ बिन्दुमा पुगेर बन्द भएको थियो ।
मंगलबार ३ सय ३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७ सय ९५ रुपैयाँ बराबर कारोबार भएको थियो । सो दिन १ सय ४८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १ कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिम स्टारको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको थियो ।
साताको चौथो कारोबार दिन अर्थात मंसिर २४ गते सेयर बजार ५।०३ अंकले घटेर २६०९।०३ बिन्दुमा पुगेर बन्द भएको थियो ।
बुधबार ३ सय २९ कम्पनीको ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६९ कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, बुधबार ३ कम्पनीको सेयर मूल्य मा सकारात्मक सर्किट लागेको थियो भने झापा इनर्जिको सेयर मूल्य ९.३० अंकले घटेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात मंसिर २५ गते सेयर बजार १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार तीन सूचकहरु राताम्मै रहेको छ भने एक सूचक मात्रै बढेको छ । उपसूचकहरु भने राताम्मै छन् । आज निर्माण तथा प्रशोधन उपसूचक सबैभन्दा धेरै बढेको छ । सो दिन ३ सय २६ कम्पनीको ७७ लाख ६८ हजार ६ सय १ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ बराबर कारोबार भएको छ ।
बिहीबर ९८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८.४२ प्रतिशतले घटेको छ ।






