काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सूचीकृत भएकाे छ । मंगलबार नेप्सेमा एसवाई प्यानलको आईपीओ सूचीकृत भएको हो ।

मंगलबार कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ५२ लाख ३२ हजार ५ सय ४५ कित्ता र संस्थापक सेयरधनीहरुको लगानी ६७ लाख ४८ हजार ८ सय २३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको पहिलो कारोबार लागि १ सय ६ रुपैयाँदेखि ३ सय १(.८३ रुपैयाँ ओपनिङ रेञ्ज तोकिएको छ ।

साथै, अब कम्पनी दोस्रो बजारमा कारोबार मंसिर २४ गते बुधबार आउँनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT