काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार आगलागीमा परेर चार नेपालीले ज्यान गुमाएकान छन् । ग्यास सिलिन्डर विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु भएका नाइट क्लबकै २० स्टाफमध्ये नेपालका चार, उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना रहेका छन् ।

ADVERTISEMENT

घटनामा ज्यान गुमाउने नेपाली नागरिक चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप र सविनको रूपमा पहिचान भएको छ। तर उनीहरुकाे ठेगाना खुलाइएकाे छैन । चारैजना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ।

ADVERTISEMENT

गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सम्पर्क गरी यी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ।