काठमाडौं । पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताले राजनीतिक एवं विकास एजेन्डामा नयाँ चर्चा सुरु गरेको छ।
मन्त्री घिसिङले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै आफू र मेयर शाहबीच आगामी प्रतिनिधि सभा निर्वाचन, समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय विकासका विषयमा विस्तृत कुराकानी भएको बताएका छन्।
भेटमा दुबै पक्षले स्थानीय तथा राष्ट्रिय तहमा भइरहेका पूर्वाधार योजनाहरू, सेवा प्रवाहमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे पनि विचार–विमर्श गरेका थिए।
आगामी चुनाव नजिकिँदै गर्दा मन्त्रीदेखि महानगर प्रमुखसम्मको यस्तो संवादले राजनीतिक वातावरणमा नयाँ उत्साह पैदा गरेको विश्लेषण गरिएको छ ।





