काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा डेपुटी सिइओ मणिराम पोखरेल पक्राउ परेका छन्।
उनीहरुलाई सीआईबी टोलीले बैंकिंग कसुरमा आइतबार पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार उनीहरुलाई बैंकिंग कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
सीआईबीले गत कात्तिक २२ मा बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ठगीसम्बन्धी केही रकम प्रभु बैंकमा आएको देखिएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको सिआइबीका एक अधिकारीले बताए।
यसैगरि पक्राउ परेका डेपुटी सिइओ मणिराम पोखरेललाई ग्राहकसँग कर्जा स्वीकृतिका लागि रकम असुल गरेको आरोप लागेको छ।







