काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा कोलाएको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ५ औं वार्षिक साधारण सभा पुस १४ गते होटल पौवा घोराही दाङमा बिहान ९ बजेदेखि आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
सभाले १ः०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रक्रियामा रहेकाले बोनस सेयर वितरणपछि कायम हुने पूँजीको आधारमा सोही अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले लिएको ऋण अनुमोदन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ ।
सभाले निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्नेछ ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार बुक क्लोजको आधारमा मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।






