काठमाडौं ।काठमाडौं उपत्यकामा विस्तारै चिसो बढ्दै गएको छ ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आइतबार थप घटेको हो।

ADVERTISEMENT

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो। मौसमविद् अधिकारीले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले त्यसैअनुसार स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरे ।

 

ADVERTISEMENT