काठमाडौं । नबिल बैंक लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार सेयरले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर ५ गते नबिल बैंकलारुई ‘८ प्रतिशत अविमोच्य अंसचिति अग्राधिकार सेयर’ जारी गर्न अनुमति दिएको छ ।
बोर्डले प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । बैंकको उक्त सेयरको लाभांश् दर ८ प्रतिशत रहेको छ । बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनर्आसी एशिया क्यापिटल रहेको छ ।
उक्त सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ। सेयर परिपत्र विधिबाट निष्कासन हुने भएको हो । सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ। नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो।







