काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडकमा रहेको जुद्ध बरुण यन्त्र भवनको मर्मत कार्य गरेको छ । राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराको शासनकालमा निर्माण गरिएको यो भवन जीर्ण अवस्थारहेको हुनाले महानगरले भवनको मर्मत कार्य सुरु गरेको हो ।

कार्यालयमा ३४ जना कर्मचारी छन्, जसमध्ये केही अझै पनि नियमित रूपमा सोही भवनको माथिल्लो तल्लामा बस्छन्। दुई रोपनी तीन आना क्षेत्रफल ओगटेको दुई तले भवनको तल्लो तल्लामा, १९९२ मा बेलायतबाट ल्याइएको मोस कम्पनीका दुईवटा पुरानो मोडेलका दमकलहरू दुईवटा सटरमा राखिएका छन्।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले बिहीबार भवन निर्माण कार्यको निरीक्षण गरेकी छिन्।





