काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ ।
डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।

महाराजगन्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ ।
अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भई रहेको छ । निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मङसिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन् ।

ADVERTISEMENT