काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ ।

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना डोजर चलाइएको हो । आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् ।

कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद आज सकिएको छ ।