काठमाडौं । एमाले निकट युवा संघले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिने भएको छ ।
बिहीबार दिउँसो २ बजे बालेनविरुद्ध मुद्दा हाल्न साइबर व्युरो जान लागेको हो । बालेनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा अमेरिका, चीन, भारत, एमाले, कांग्रेस, रास्वपागायतलाई अश्लील गालीसहितको स्टाटस लेखेका थिए । जुन स्टाटस हालेको १७ मिनेटमा डिलिट गरिएको थियो ।
बालेनले सबै मिलेर केही पनि गर्न सक्दैनौ भन्दै चुनौती दिएका थिए । सोही स्टाटसलाई लिएर एमालेसहितका राजनीतिक दलको चरित्रहत्या गरेको भन्दै युवा संघले बालेनलाई कारबाही गर्न मागसहित साइबर ब्युरोमा उजुरी दिन लागेको हो ।
स्टाटसलाई लिएर कांग्रेस, रास्वपा, माओवादी, राप्रपासहितका दलका नेताले बालेनप्रति कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । तर एमालेका नेता कार्यकर्ता भने बालेनप्रति निकै आक्रोशित भएका छन् । साथै, बालेनप्रति अन्तर्राष्ट्रिय कूटनीतिज्ञले हेर्ने नजरसमेत फरक भएको विश्लेषण हुन थालेको छ ।
बालेनले ललितपुरकाे एक रेस्टुरेन्टमा मदिरा सेवन गरी मध्यराति दल र विभिन्न शक्तिराष्ट्रविरुद्ध स्टाटस लेखेकाे खुलेकाे छ ।








