काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ ।
सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक र दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । हिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।







