काठमाडौं । मलेसियालाई पाँच विकेटले हराउँदै नेपाली महिला टिमले टी २० सिरिज ३–२ ले जितेको छ । बुधबार बिहान भएको खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि सर्वाधिक रुविले २६, पूजा महतोले २३ र रुविना क्षेत्रीले १५ रनको योगदान दिएकी थिइन् ।







