काठमाडौं । लगातारको बाढी र पहिरोका कारण नागढुंगा नाका बन्द भएपछि काठमाडौंका सडक सुनसान देखिन्छ। केही यात्रुहरु काठमाडौं नाकासम्म आइपुगेका छ्न् । तर घाम लाग्दा पनि काठमाडौं प्रवेश गर्न नदिएको भन्दै यात्रुहरू आक्रोशित भएका छन् ।
लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका कारण यात्रुहरू को आवतजावत बन्द गरिएको हो । सरकारले तीन दिनसम्म कठमाडौं बहिर्गमन र प्रवेशमा रोक लगाएको थियो । जसकारण आइतबार नागढुंगामा प्रहरीले सडकमा बार लगाएर यात्रुलाई रोकेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज दिउँसोदेखि काठमाडौं पश्चिमका सडक खुला गर्ने तयारी गरेको छ । अनुमान गरिएभन्दा कम पहिरो गएको र क्षति पनि त्यति नभए पछि सरकारले काठमाडौं भित्रिन सहज गराउन लागेको हो ।








