काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनका शहीद विनोद महर्जनलाई सरकारले १५ लाख रुपैयाँ दिएको छ ।

ललितपुर महानगरपालिका-७ का वडाध्यक्षको रोहवरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आइतबार विनोदका आमा लतामाया महर्जनलाई उनकै घरमा गई १५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सरकारबाट प्राप्त पन्ध्र लाख (१० लाख आर्थिक सहायता र पाँच लाख किरिया तथा अन्य खर्च रकम) को चेक आइतबार प्रजिअ घिमिरेले हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

यस्तै, ललितपुर महानगरले महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताए । भ्रष्टाचार अन्त्य र शुसासन कायम हुनुपर्ने माग राखेर जेनजीले भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।

ADVERTISEMENT