काठमाडौ । विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा स्थानीय कर्मचारीका नाममा राखिएकाको जागिर रोक्का गरिएको छ ।
विभिन्न देशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राखिएका १९ कर्मचारीलाई गत साउनदेखि ‘होल्ड’ गरिएको हो ।
वैदेशिक रोजगार बोर्डको कोषमार्फत् तलब पाउने गरी स्थानीय कर्मचारी राखिएको थियो ।
स्थानीय कर्मचारीका नाममा नेपालीलाई नै राखिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।







