काठमाडौं । नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै मंगलबार राति १० बजेदेखि परिचालित हुने जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक हुँदै जाँदा सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै प्रदर्शनकारीलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरिसकेका छन्‌ ।नेपाल सरकारको रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाले हालको आन्दोलनबीच नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट वा आगजनी गर्ने गतिविधि नगर्न  चेतावनी दिएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्‍याउने कार्य गरिरहेका छन्। यस किसिमका गतिविधि नगर्न/नगराउन नेपाली सेना पुनः अनुरोध गर्दछ।” सूचनामा थप भनिएको छ यदि यी गतिविधिहरु  रोकिएन भने नेपाली सेना र अन्य सुरक्षा निकायहरूले आफ्नो प्रमुख जिम्मेवारीअनुसार स्थिति नियन्त्रण गर्न राति १० बजेबाट दृढ कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT

नेपाली सेनाले सबै नागरिकलाई सहयोग र संयमका लागि हार्दिक अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन पछि थप सूचना जारी गरिने जनाएको छ।

ADVERTISEMENT