काठमाडौं,  जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको मृत्यु भएपछि देशैभर विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले देशका प्रमुख शहरदेखि गाउँसम्म सडकमा टायर बालेर प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सत्तापक्षलाई अब जनतामाथि दमन गरेर शासन गर्न नमिल्ने चेतावनी दिएका छन्। उनीहरूले वर्तमान नेतृत्वले जनतामाथि विश्वासघात मात्र गरेको भन्दै तत्काल पदत्यागको माग गरेका हुन्।

ADVERTISEMENT

काठमाडौं, पोखरा, बिराटनगर, नेपालगञ्ज, धरानलगायतका सहरमा सडक अवरुद्ध गर्दै उग्र प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले ‘राजीनामा दे’ भन्ने नारा घन्काएका छन् भने ट्राफिक पूर्णरूपमा प्रभावित भएको छ।

ADVERTISEMENT

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिरहेको छ, तर आन्दोलनकारीको आक्रोश रोकिएको छैन। राजनीतिक विश्लेषकहरूले यसलाई “अब केवल जेन जी को मुद्दा नभई समग्र देशको आक्रोश” भएको टिप्पणी गरेका छन्।

यसैबीच, विपक्षी दलहरूले समेत घटनाको निन्दा गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने चेतावनी दिएका छन्।