काठमाडौं , हालै देशभर जेन–जी प्रदर्शनका क्रममा भएका घटनाबारे नेपाल मानवअधिकार आयोग (NHRC) ले दिएको प्रतिक्रिया विवादास्पद बनेको छ।

आजकोको प्रदर्शनमा सरकारी  बर्बरताका कारण १८ जना युवाहरुको मृत्यु भैसकेको तथ्यांक सार्वजनिक भैसक्दा पनि  आयोगले आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले ‘अत्यधिक बल प्रयोग गरेको’ भनी सामान्य टिप्‍पणी गर्दै आफ्नो औपचारिकता पूरा गरेको देखिएको छ। तर, यसअघि भएको गोली प्रहार, मृत्यु, घाइतेको अवस्थाबारे विस्तृत अनुसन्धान नगरी आयोगले हतारमा निष्कर्ष निकालेको भन्दै विभिन्न नागरिक समाज र अधिकारकर्मीहरूले आयोगको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएका छन्।

ADVERTISEMENT

आलोचकहरूका अनुसार, आयोगले कुनै पूर्व–अनुगमन वा प्रत्यक्ष स्थल अध्ययन नगरी मात्र सतही टिप्पणी गरेको छ, जसले संस्थाको निष्पक्षता र विश्वसनीयतामा शंका पैदा गरेको छ।

ADVERTISEMENT

मानवअधिकारका घटनामा गहिरो छानबिन र प्रत्यक्ष प्रमाण संकलन गर्ने संवैधानिक निकायले ‘आगो लगाइयो, त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरे’ भन्ने सामान्य निष्कर्ष निकाल्नु अत्यन्त दुर्भाग्यपूर्ण रहेको उनीहरूको भनाइ छ।

यो विषयमा अधिकारकर्मीहरूले आयोगलाई अझै ढिलो नभई प्रत्यक्ष तथ्य अन्वेषण गरी सुरक्षाकर्मीको आक्रामक हस्तक्षेप, गोली प्रयोग, र प्रदर्शनकारीको मृत्युबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

ADVERTISEMENT