काठमाडौं, जेनजी (Gen Z) प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूमा चार जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरका अस्पताल स्रोतका अनुसार, प्रदर्शनका क्रममा गंभीर घाइते भएका चार जनाको उपचारको क्रममा ज्यान गएको हो। यसअघि सिभिल अस्पतालमा पनि एक जनाको मृत्यु भइसकेको थियो।
शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा सरकारले अत्यधिक शक्ति प्रयोग गरेको देखिएको छ। प्रहरीको रबर गोली, अश्रुग्यास र अन्य बल प्रयोगले प्रदर्शनकारीहरूमा ठूलो चोटपटक पुर्याएको छ। प्रदर्शनकारीहरू मुख्य रूपमा युवा वर्गका हुन्, जसले सामाजिक अन्याय, भ्रष्टाचार र शासन व्यवस्थामा असन्तोष जनाउँदै शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए।
प्रदर्शनको क्रममा प्रशासनले कर्फ्यू आदेश लगाएको र प्रमुख सडक तथा चोकहरूमा आवतजावत रोक्ने व्यवस्था गरे पनि, युवा प्रदर्शनकारीहरूले अवज्ञा गर्दै प्रदर्शन जारी राखेका थिए। यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
विशेषज्ञहरूले यो घटनालाई सामान्य लोकतान्त्रिक चेतनाको सम्मान नगर्दा उब्जिएको परिस्थितको रूपमा विश्लेषण गरेका छन्। शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक शक्ति प्रयोग गर्नुले सामाजिक असन्तोषलाई थप उग्र बनाउन सक्ने चेतावनी उनीहरूले दिएका छन्।








