काठमाडौं । झापा इनर्जी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १ सय ९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
साथै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५ सय १४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४ सय ६ कित्ता छुट्याएको छ । बाँकी ४ लाख ७३ हजार ३ सय ३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
जसअनुसार यस कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।






