काठमाडौैं ।  यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकम डटएलपी बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ ।

अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।

बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।

ADVERTISEMENT

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उनले जानकारी दिए ।

ADVERTISEMENT

बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका हवाइ उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।
बससेवाबाट टिकट काट्नेमध्ये पाँचजनालाई खसी उपहार प्रदान गर्ने भएको छ । १५ भदौदेखि ११ असोजसम्म मोबाइल एप र वेब साइट मार्फत टिकट काट्ने यात्रुहरुलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ ।
यस अवधिमा टिकट काट्ने यात्रुहरुमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

ADVERTISEMENT