काठमाडौँ । पर्यटक र नेपाली दुवैका लागि आकर्षणको केन्द्र ठमेलमा सोमबार काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले खाद्य अनुगमन गर्दा लापरबाहीको श्रृंखला भेटिएको छ।

विभागका अनिल बस्नेतसहितको छ सदस्यीय टोलीले विभिन्न रेस्टुरेन्ट र फास्टफुड पसलहरू जाँच्दा सरसफाइदेखि लेबलिङसम्म गम्भीर कमीहरू देखिए। ठमेलमा प्रायः मानिसहरूको रोजाइमा पर्ने स्यानको किटी रोलमा बनमा ट्याग नराखिएको थियो।

महानगरबाट तालिमसमेत पाएकी कर्मचारीले सामान चेक नगरी राखेकी थिइन्। निरीक्षणकै क्रममा जुस भेटियो। त्यहाँ तरकारी, मासु र फोहोर एउटै ठाउँमा राखिएको थियो, पछि टोलीले हस्तक्षेप गरेपछि फोहोर बाहिर सारियो। त्यहाँ फायर एक्सटिङ्गुइशर खाने ठाउँकै छेउमा राखिएको थियो।
झन् अचम्मको कुरा, काठी रोल बनाउने भाँडामा ‘खाँसी’ अझभलत सफा गर्ने उपकरण प्रयोग गरेर सफा गरेको पाइएको थियो। काठी रोल बनाउनुपर्ने भाँडाको आफ्नै सफा गर्ने उपकरण हुन्छ, तर त्यसलाई बेवास्ता गरिएको देखियो।

ADVERTISEMENT

साथै, सोही स्थानमा स्याङ्ला पनि सजिलै देखिन्थे, जसले सफाइप्रति अझै गम्भीर लापरबाही भएको पुष्टि गर्छ।

ADVERTISEMENT

अनुगमनकै क्रममा अर्को लोकप्रिय रेस्टुरेन्ट, युवाहरू मन पराउनेमा झन् गम्भीर अवस्था देखियो। त्यहाँ न त फायर एक्सटिङ्गुइशर थियो, न त मासुका उत्पादनमा अनिवार्य हुने लेबल।

ADVERTISEMENT

किचनको अवस्था यस्तो थियो कि निरीक्षणमै संलग्न अनिल बस्नेतका अनुसार “भित्र पस्दा नै वाक्क हुने अवस्था थियो।” उनले थपे, “यसै रेस्टुरेन्टबाट अघिल्लो पटक विदेश पुगेका एक व्यक्तिलाई खाद्य विषाक्तताको समस्या भएको रिपोर्ट आएको थियो, तर त्यस्तो घटनापछि पनि कुनै सुधार देखिएन।”

अनुगमन टोलीले आज विभिन्न ठाउँबाट घ्यू, तेल, सस र बेकरीका सामान नमुना संकलन गरेको छ। यी सबैमा अनिवार्य लेबल हुनुपर्ने भए पनि धेरैजसोमा थिएन।
बस्नेतका अनुसार महानगरले यस्ता स्थानलाई अघिल्लो पटक चेतावनी दिएको थियो, तर सुधार नदेखिएको हुँदा अहिले सम्बन्धित सञ्चालकलाई तीन दिनभित्र स्पष्टीकरण दिन बोलाइएको छ।

ठमेललाई नेपालीपन झल्किने र पर्यटकको मन जित्ने ठाउँ मानिन्छ। त्यहाँकै रेस्टुरेन्टमा यस्तो लापरबाही भेटिनु, बस्नेतका शब्दमा, “सिर्फ उपभोक्ताको स्वास्थ्यका लागि मात्र होइन, सम्पूर्ण शहरको छविलाई समेत जोखिममा पार्ने कुरा हो।”