काठमाडौं । “थाइल्यान्डको जादू नेपालमै” भन्ने नारासहित थायल्यान्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५ मेला शुक्रबारदेखि ललितपुरस्थित द प्लाजामा सुरु भएको छ। थाइल्यान्ड राजदूतावास, काठमाडौंको आयोजनामा सुरु भएको मेलाले थाई संस्कृति, खानपान र उत्पादनलाई नेपाली दर्शकसँग जोड्ने उद्देश्य राखेको आयोजकले जानकारी दिएको छ।

मेलामा थाई परिकार, थाई मसाज, जापानी र थाइल्यान्डी उत्पादन, कपडा, एयरलाइन्सका स्टलसहित विविध आकर्षक प्रस्तुति राखिएका छन्। साथै, थाई सौन्दर्य सामग्री, संस्कृति र पर्यटनसम्बन्धी जानकारीसमेत सहभागीलाई उपलब्ध गराइएको छ।

आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने यो फेस्टिवलले नेपाल–थाइल्यान्डबीचको सांस्कृतिक र व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। थाई एयरलाइन्स र पर्यटनसम्बन्धी जानकारी पनि मेलाको प्रमुख आकर्षण बनेको छ।

ADVERTISEMENT

तस्बिर : नेपाल फोटो लाइब्रेरी

ADVERTISEMENT

ADVERTISEMENT