झापा । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिनामा काँकडभिट्टाबाट  एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१\८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।

ADVERTISEMENT

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजारले बढेको जानकारी दिए

ADVERTISEMENT

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाख रुपैयाँको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाख रुपैयाँको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, २० करोड तीन लाख रुपैयाँको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख रुपियाँको मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

ADVERTISEMENT