काठमाण्डौ। गृह मन्त्रालयमा आज सम्पन्न केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गर्दै पर्साको वीरगञ्जमा देखिएको हैजा प्रकोप नियन्त्रणका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बैठकमा हाल भइरहेका आन्दोलन, धर्ना, जुलुस र अवाञ्छित गतिविधीलाई ध्यानमा राखी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा गहन छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार  “विभिन्न माग राखि भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ। मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो।”

ADVERTISEMENT

बैठकले वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई प्राथमिकतामा राख्दै आवश्यक परे तत्काल मेडिकल टोली परिचालन गर्ने तयारी गरेको छ। यस क्रममा गृहमन्त्री रमेश लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

ADVERTISEMENT

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।