काठमाडौं । साहित्यकार पारिजातले लेखेको उपन्यास शिरीषको फूलका पात्रहरूमा आधारित चलचित्र ‘सकम्बरी’ बन्ने भएको छ ।
थिएटरमा देखाउन नसकिएको सकम्बरी, सुयोगवीर र शिवराजको बाँकी कथा अब ठूलो पर्दामा देखाइने भएको छ । सकम्बरीमार्फत अभिनेता जीवन लुइँटेल सुयोगवीरको भूमिकामा अनुबन्धित भएका छन् । उनले नाटकमा पनि सुयोगवीरकै भूमिका निर्वाह गरेका थिए ।
शिवराजको भूमिकामा कलाकार अर्पण थापालाई अनुबन्धित गरिएको छ । सकम्बरी र फिल्मको निर्देशक केही दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ । सकम्बरीको शुटिङ तिहारपछि बर्मा, मयुङ मेरुङ डाँडा र काठमाडौंका विभिन्न ठाउँमा हुनेछ।





