काठमाडौँ । टाइमलाइन स्कुलको आयोजनामा दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा २४ र गर्ल्समा १६ टिमको सहभागिता रहने टाइमलाइन स्कुलका प्रिन्सिपल रामप्रसाद बडालले जानकारी गराए ।
खेल लिगकम नकआउट आधारमा हुने प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले बताए ।

ADVERTISEMENT

फिबा नियमअनुसार हुने प्रतियोगिताका खेल गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँबस्तीमा खेलाइने छ । फाइनल भदौ १५ मा हुनेछ ।

ADVERTISEMENT

टाइमलाइन स्कुलले हरेक वर्ष बास्केटबल प्रतियोगिता गर्दै आएको छ । यसका साथै निबन्ध प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता पनि हुने गरेको छ ।