काठमाडौं । धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् ।

नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन् । बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड सञ्चालकमा नियुक्त हुने व्यवस्था छ ।

ADVERTISEMENT

व्यापार व्यवसायमा सफल मानिएका ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन् । उद्योग व्यवसायमा विगत चार दशकदेखि सक्रिय रहेका ढकाल नेपालको वित्तीय क्षेत्रमा समेत ३ दशकदेखि सक्रिय रहँदै आएका छन् ।

२७ वर्षअघि उनकै नेतृत्वमा कोशी प्रदेश कार्यक्षेत्र बनाएर एक्सेल डेभलपमेन्ट बैंक स्थापना भएको थियो । उनी सो बैंकको मुख्य लगानीकर्ता हुनुका साथै लामो समयमदेखि संचालक हुँदै अध्यक्ष भएर सफल रुपमा बैंकलाई अघि बढाएका थिए । हेरिटेज ग्रूप अफ इन्ड्रष्टिजका अध्यक्ष ढकालको नेतृत्वमा हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत एक दर्जनभन्दा बढी कम्पनी संचालनमा रहेका छन् ।