काठमाडौं । नेपाली क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ६३ वर्षीया आमा शुभकुमारी राजवंशीको आइतबार बिहान ४ बजे निधन भएको ललितका दाजु रामकिशोर राजवंशीले जानकारी दिए ।

शनिबार राति खाना र औषधि खाएर सुतेकी उनी बिहान छोरीले उठाउन जाँदा मृत फेला परेकी हुन्।

ADVERTISEMENT

लामो समयदेखि दम र फोक्सोको रोगसँग संघर्षरत उनको विराटनगर महानगरपालिका–१४ जतुवास्थित घरमै निधन भएकी हुन्।