काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ, नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

जिल्ला छनौट प्रतियोगिता आगामी भदौ २० गते आयोजना हुने तथा प्रदेश छनौट कार्तिक १६ देखि २३ गतेसम्म र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले आगामी मंसिर ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्नहरु लगायतका प्राविधिक कार्यहरु आइएसएफ एकेडेमी नेपालमार्फत हुनेछ ।

जिल्लास्तरीय च्याम्पियनसिपमा ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन् भने त्यसमा पाँच हजारभन्दा बढी विद्यालयका १० हजार विद्यार्थीहरूको सहभागिता रहने नेपालय इन्टरनेशनलका अध्यक्ष सुवास प्रधानले जानकारी दिए ।

ADVERTISEMENT

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले राष्ट्रको सम्पत्ति भनेको भावी पुस्ता भएकाले उनीहरुका उद्देश्यलाई उजागर गर्न यस्ता खालका प्रतियोगिताले राष्ट्रका नयाँ सन्तति र सम्पत्तिको विकास हुने बताए ।
प्रतियोगितामा सामुदायिक, गुठी र निजी लगायतका विद्यालयको समावेशी सहभागिता सुनिश्चित गरी देशका सहरी र ग्रामीण दुबै क्षेत्रमा पठनपाठन गर्ने विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने प्याब्सनका महासचिव कटवालले बताए ।

ADVERTISEMENT

प्रतियोगिताका विजेतालाई हौसला र अभिप्रेरणा प्रदान गर्न पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ । विजेता टोली महिलारपुरुषलाई दुई थान स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर र उपविजेता टोली महिलारपुरुषलाई दुई थान ल्यापटप र गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ । तेस्रो स्थान प्राप्त गर्ने महिला पुरुषलाई दुई थान मोबाइल फोनसहित गिफ्ट ह्याम्पर र चौथो स्थान हासिल गर्ने महिलारपुरुषलाई दुई थान ट्याबलेटसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

ADVERTISEMENT