काठमाडौँ ।नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ।

नेपाल इन्टरनेसनल इभेन्ट्स प्रालिको आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।

आयोजकले यस च्याम्पियनसिपलाई केवल एक प्रतियोगिता नभई देशभरका विद्यार्थीको ज्ञान, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्ने शैक्षिक अभियानको रूपमा अघि बढाइने बताएका छन्।

ADVERTISEMENT

यसअघि सञ्चालन भएका अन्य क्विज प्रतियोगिताभन्दा फरक शैली र संरचनामा आयोजना गरिने बताइएको यो च्याम्पियनसिप तीन चरणमा सम्पन्न हुनेछ। सुरुमा जिल्लास्तरमा प्रतिस्पर्धा गरिनेछ, जसमा देशभरका ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन्।

ADVERTISEMENT

आगामी भदौ २० गतेबाट सुरू हुने जिल्ला स्तरीय प्रतिस्पर्धामा पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यहाँबाट छानिएका टोलीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् भने अन्ततः संघीय राजधानी काठमाडौँमा मंसिर ५ देखि ७ गतेसम्म ग्रान्ड फिनाले हुनेछ।

ADVERTISEMENT

प्रतियोगितामा सामुदायिक र निजी दुवै प्रकारका विद्यालयहरूलाई समावेश गरी शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई समान अवसर दिइने आयोजकको भनाइ छ। ग्रान्ड फिनालेसम्म पुग्ने सहभागीहरूलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक अवसरहरू पनि प्रदान गरिनेछ।

विजेता टोलीलाई स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने उपविजेताले ल्यापटप र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। तेस्रो स्थान हासिल गर्ने टोलीलाई मोबाइल फोनसहित गिफ्ट ह्याम्पर दिइनेछ। त्यसैगरी, अन्तिम स्पर्धामा पुग्ने सबै टोलीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल र सम्मान–पत्र प्रदान गरिनेछ।

साथै उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला तथा प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ प्रतियोगितालाई टेलिभिजन कार्यक्रमको रूपमा समेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन्।

प्रदेश तथा राष्ट्रिय चरणका केही प्रतिस्पर्धा टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रशारण गरिने भएकाले यो प्रतियोगिता लाखौं दर्शकहरूमाझ पुर्‍याइनेछ। आयोजकले यस च्याम्पियनसिपलाई विद्यार्थीकै लागि राष्ट्रिय पहिचानको गैर–खेलकुद प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन्।