काठमाडौं । नेपाली महिला टोलीले फिफा वरीयतामा ऐतिहासिक फड्को मारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।

नेपाली महिला टोलीले हासिल गरेको यो हालसम्मकै उच्च वरीयता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको थियो । यसअघि १००औं वरीयतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरीयतामा ८७औं स्थानमा पुगेको हो ।

ADVERTISEMENT

एसियाली राष्ट्रहरुमध्ये १६औं स्थानमा रहेको नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यो प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।