काठमाडौँ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा प्रहरीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो । मिताले दिएको ११ करोड ५५ लाख रुपैयाँ ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरे पनि तत्कालीन समयमा उनीहरूलाई नियन्त्रणमा लिएको थिएन।

ADVERTISEMENT

तर साउन २० गते श्रीवास्तव आफैँ प्रहरी कार्यालयमा उपस्थित भएपछि काठमाडौँ प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार श्रीवास्तव अनुसन्धानका क्रममा आफैँ सम्पर्कमा आएको र उनलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

ब्रोकरसँगको कारोबार लेनदेन विवादकै कारण शेयर कारोबारी दिपेन्द्र अग्रवाल काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानिमा रिहा भएका छन् ।

ADVERTISEMENT