काठमाडौं । बागमती प्रदेशमा २४ घन्टाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि सोमबार नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रक्रिया अगाडि बढाइएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न मंगलवार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

लामाको राजीनामा साउन १९ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस, एमालेको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गर्दै छन् । बानियाँले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने बुझिएको छ ।

ADVERTISEMENT