काठमाडौं । ‘बुलाकी’, ‘कल्ली’ र ‘परालको आगो’ का निर्देशक लक्ष्मण सुनारले कर्णाली कथामा ‘रेलको बाटो’ चलचित्र निर्देशन गर्ने भएका छन् । कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा चलचित्र बन्न लागेको हो ।

कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्य रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन रहनेछ। चलचित्रको औपचारिक घोषणा गर्दै निर्माण टिमले बिहीबार थिमसहितको पोस्टर सार्वजनिक गरेको छ।

ADVERTISEMENT

पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र मुनि ‘प्रधानमन्त्रीज्यूलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ। चलचित्रले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई प्रस्तुत गर्नेछ। कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू चलचित्रको मुख्य कथा हुने जनाइएको छ।

ADVERTISEMENT

चलचित्रको कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन्। चलचित्रमा निसाल पौडेलको छायांकन, सुरज पण्डितको संगीत रहनेछ। कलाकार फाइनल भइसकेका छैनन् ।