काठमाडौं । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि भुटान प्रस्थान गर्ने टोलीलाई बुधबार बिदाई गरिएको छ । दशरथ रंगशालामा नेपासी टोलीलाई बिदाइ गरिएको हो ।
आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली भुटान प्रस्थान गर्न लागेको हो । यही साता यु २० नेपाली महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका थिए ।
प्रतियोगितामा नेपाल रहेको समूह ए’ मा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन् ।









